अफगानी गृहमन्त्री भन्छन् : तालिवानलाई सत्ता छाडिदिन्छौँ

काठमाडौँ । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताएका छन् । उनले संक्रमण कालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका हुन् ।
तालिवानका सर्वोच्च नेताहरूले आफ्ना लडाकुहरूलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएसँगै देशका गृहमन्त्रीले यस्तो बताएका हुन् । ‘अफगान जनताले चिन्ता गर्नु पर्दैन, सहरमा कुनै हमला हुँदैन,’ उनले भने, ‘संक्रमण कालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ ।’
तालिवानले राजधानी काबुल कब्जा गर्न शक्ति प्रयोग नहुने बताएसँगै आतंक केही कम भएको अलजजिराले जनाएको छ । सडकमा सवारी साधन केही कमी देखिएका छन् ।
गृह मन्त्रालयले पनि तालिवानका लडाकुहरू सहर प्रवेश गरिसकेको तर, मुख्य सहरमा नआइपुगेको स्पष्ट पारेको छ । यसबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेको खबर गलत भएको समाचारमा जनाइएको छ ।
यो पनि पढ्नुहोस् : अमेरिकालाई हल्लाउने विद्यार्थी आन्दोलन, जो कालान्तरमा बन्यो ‘तालिवान’










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया