एमाले एकताबारे रावल र पोखरेलबीच छलफल
मेरोन्यूज
२०७८ साउन ३१ गते १६:४३

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकतालाई सवल बनाउने विषयमा पार्टी उपाध्यक्ष डा. भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।
आइतबार पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए ।
महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाको विघठन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ । अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोलने बताए पनि कतिपय नेताहरु विभाजनको विपक्षमा उभिएका छन् ।
सम्बन्धित









ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया