शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

काठमाडौं । शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले दुई लाख २२ हजार २२२ प्रदान गरेका छन् ।
‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सिआइपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी उनले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गरेका हुन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका जिल्ला अध्यक्ष कँडेल ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष हुन् ।
समाजले उक्त कोषमा थप रकम जुटाएर वार्षिकरुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम गर्ने महासचिव शेषकान्त पण्डितले जानकारी दिए । कँडेलले दुई वर्षअघि नेपाल सरकारको कोभिड–१९ रोकथाम तथा उपचार कोषमा सोही बराबरको रकम प्रदान गर्नाका साथै गत वर्ष आफ्नै वडास्थित कालिका आधारभूूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि दिवंगत पिता नेत्रप्रसादको स्मृतिमा एक लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गरेका थिए ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया