अमेरिकी राष्ट्रपतिले भनेका थिए : तालिवानले अब हमला गर्न सक्दैन

काठमाडौँ । एक महिनाअगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने उद्घोष गरेका थिए । उक्त उद्घोषसँगै उनले तालिवानले अब अफगानिस्तानमाथि हमला गर्न नसक्ने विश्वास व्यक्त गरेका थिए ।
‘मलाई तालिवानमाथि भरोसा छ ? छैन !, किनभने म अफगानी सेनाको क्षमतामाथि भरोसा गर्न सक्छु,’ उनले भनेका थिए, ‘उनीहरूले धेरै ठूलो अभ्यास गरेका छन्, आधुनिक हतियार छन्, युद्ध गर्न सक्षम छन् ।’
अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानको सेनामाथि भरोसा गरेको केही दिनमा नै तालिवानले देश नै कब्जामा लिएका छन् । अमेरिकी सेनाहरूले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न हतार गरिरहेको छ । तालिवानले देशको राजधानी काबुलसमेत नियन्त्रणमा लिइसकेको छ ।
तालिवानले अफगानिस्तानको सत्ता शान्तिपूर्ण हस्तान्तरण गर्ने वा कब्जा गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा राष्ट्रपति असरफ घानीले देश छाडेर गएका छन् । एजेन्सी
















सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पारित गरिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
प्रतिक्रिया