अफगानिस्तानका राष्ट्रपति घानीको प्रतिक्रिया : रक्तपात रोक्न देश छाडेको हुँ

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले रक्तपात रोक्नका लागि आफूले देश छाडेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तान छाडेपछि राष्ट्रपति घानीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रगतको खोला बग्नबाट बचाउँन पनि मैले देश छाडेको प्रतिक्रिया दिएका हुन् ।
। आफू अफगानिस्तानमै रहेको भए तालिबान काबुल प्रवेश गरेपछि झडप हुन सक्ने र त्यसले लाखौँको ज्यान खतरामा पर्न सक्ने समेत उनले उल्लेख गरेका छन् । उनले काबुलमा झडप भएको भए करिब ६० लाख जनसङ्ख्या रहेको सहरमा आतंक सिर्जना हुन सक्ने पनि जनाएका छन् ।
“देश छाड्ने कार्यलाई उनले कठिन निर्णय भनेका छन्,” फेसबुकमा उनले लेखेका छन् “म राष्ट्रपति भवनमा जान चाहने तालिबानका अगाडि खडा हुनुपर्थ्यो या आफ्नो प्यारो मुलुक छाड्नु पर्थ्यो । ”
अब अफगानिस्तानमा जनधनको रक्षा तालिबानको जिम्मेबारी उनको भनाइ छ । “आफ्नो प्यारो देश, जसको सुरक्षाका लागि मैले २० वर्ष खर्चिएँ, त्यसलाई छोडुँ ” उनले फेसबुकमा लेखेका छन् ।
उनले तालिबानलाई अफगानिस्तानको भविष्यका बारेमा योजना बनाउन र उक्त योजना जनतालाई बुझाउन सुझाब दिएका छन् । आफू सधैँ अफगानिस्तानको हितमा काम गर्ने समेत घानीले सामाजिक सञ्जालमा मार्फत प्रतिक्रिया समेत दिएका छन् ।










आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया