प्रचण्डले भने : अफगानिस्तानबाट नेपालीको उद्धार गरियोस्
मेरोन्यूज
२०७८ साउन ३२ गते ११:३६

काठमाडौँ । सत्ता साझेदारी दल नेपका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफगानिस्तानमा भएका नेपालीहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् । उनले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै त्यहाँ रहेका नेपालीहरूको उद्धार माग गरेका हुन् ।
‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटना क्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले भने, ‘यस आपात कालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ।’
यस्तै, उनले यसका लागि आफ्नो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने समेत बताएका छन् ।
सम्बन्धित










धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया