प्रचण्डले भने : अफगानिस्तानबाट नेपालीको उद्धार गरियोस्
मेरोन्यूज
२०७८ साउन ३२ गते ११:३६

काठमाडौँ । सत्ता साझेदारी दल नेपका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफगानिस्तानमा भएका नेपालीहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् । उनले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै त्यहाँ रहेका नेपालीहरूको उद्धार माग गरेका हुन् ।
‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटना क्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले भने, ‘यस आपात कालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ।’
यस्तै, उनले यसका लागि आफ्नो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने समेत बताएका छन् ।
सम्बन्धित

















आईसीसी टी–२० विश्वकप : आज भारत र पाकिस्तानको रोचक भिडन्त
शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया