काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलायो, देश छाड्नेको लर्को (भिडियोसहित)

काठमाडौं । अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।
तालिवानले देश कब्जा गरेलगत्तै अफगानिस्तानबाट बाहिरिनेहरुको लर्को लागेको छ । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको हो । हमिद कारजाई विमानस्थलमा जहाज चढ्नेको ताँती लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू रनवेमा लगेज गुडाउँदै जहाज चढ्न गइरहेको देखिन्छ ।
कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढेको देखिन्छ । धावनमार्गमा मानिसहरू बसपार्कमा गाडी चढ्न गएजसरी हिँडिरहेका देखिन्छन् ।
भिड अनियन्त्रित भएपछि सोमबार बिहान विमानस्थल नियन्त्रणमा लिएको अमेरिकी सेनाले हवाई फायर गरेको हो ।
समाचार संस्था एएफपीका अनुसार आफ्ना राजदूत, कर्मचारी, नागरिक र अन्य विदेशीलाई काबुलबाट बाहिर जान सघाउने उद्देश्यले अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो । विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही राउन्ड हवाई फायर गरिएको एएफपीले जनाएको छ।
















चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया