बेलायतले अनसन बसेका नेपालीको पाल हटाउँदा सरकार किन मौन ? : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपध्याक्ष भीम रावलले बेलायतमा अनसन बसिरहेका नेपालीहरूको अवस्था कमजोर हुँदासमेत सरकार मौन बसेको आरोप लगाएका छन् ।
उनले आफ्नो सेवा सुविधा बेलायती भूतपूर्व सैनिक सरह उपलब्ध गराउन माग राख्दै अनसनमा बसेका नेपालीको पाल हटाउँदा सरकार किन मौन बसेको भन्दै प्रश्न गरेका थिए ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकारले गोर्खा सैनिकको माग सम्बोधन गराउन ब्रिष्टिस सरकारसँग उच्च स्तरीय वार्ता गर्नु पर्ने माग राखेका छन् ।
उनले भने, ‘पटक–पटक बेलायती सरकारसँग आफ्नो अधिकार माग गरे पनि सम्बोधन नहुँदा आमरण अनसन बस्न बाध्य भएका छन्, १० दिनसम्म आमरण अनसनमा बसेको उनीहरूको माग सम्बोधन गर्न उच्च स्तरीय वार्ता समिति गठन गरी वार्ता गरियोस् ।’
उनले नेपाल सरकारले विभिन्न देशसँग गरिएको असमान सम्झौताबारे नयाँ नीति बनाउनु पर्ने माग राखे ।
















चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया