कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्वाहाली गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन् । सोमबार कार्यकारी निर्देशक पदमा पुनर्वाहालीको माग गर्दै शाक्यले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
उनले रिटमा प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गरेका छन् । रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नदिएर कुलमानलाई नियुक्ति गरेको दाबी गरेका छन् । यस्तै उनले यसरी आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान अनुसार आफ्नो अधिकार हनन भएको बताएका छन् ।
उनले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । उनले प्रधानमन्त्रीको कार्यालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, उर्जा मन्त्री, उर्जा सचिव र कुलमानलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।
उनले रिटमा आफूलाई साविकको पदमा यथावात कायम राख्न, साउन २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वन नगर्न र आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कायम गर्न अन्तरिम आदेशको माग माग गरेका छन् । सरकारले शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएको थियो ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया