एमाले शिर्ष नेताहरु जुटे आन्तरिक छलफलमा

काठमाडौं । नेकपा एमालका शिर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारले राजनीति दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि एमाले शिर्ष नेताहरु आन्तरिक छलफल गर्न थालेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले संसद अधिवेशनको अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको बताइउको छ । संसद अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुँदैछ ।
सरकारले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन थालेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक छलफल गर्न पार्टीका पदाधिकारी र स्थायी कमिटी सदस्यलाई बालकोटा बोलाइएको बताइएको छ । एमाले पार्टी एकता कायम राख्न १० बुँदे सहमति भएपनि नेता नेपालले समान अधिकारसहितको अध्यक्ष माग गरेका थिए ।
तर, ओली पक्षले नेता नेपाललाई समान अधिकारको अध्यक्ष बनाउन नसकिने जनाएपछि पार्टी एकता कायम राख्नेमा दुबै पक्ष सहमत हुन सकेकाे थिएन । ओली शिर्ष नेतासँग अबको रणनीतिका बारेमा छलफल गरिरहेका छन् । अझै पनि पार्टी एकता कायम राख्न दुबै पक्षबाट प्रयास जारी रहेको बताइएको छ ।
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया