गृह मन्त्रालयमा राष्ट्रपतिको फोटो हटाएर कांग्रेस नेताको फोटो राखियो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएसँगै गृह मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर नेपाली कांग्रेसका नेताको फोटो राखिएको छ । यसअघि मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने प्रचलन रहँदै आएको थियो ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा प्रधानमन्त्री भएपछि राष्ट्रिपतिको फोटो हटाएका थिए । प्रधानमन्त्री देउवाले राष्ट्रपतिको फोटा हटाएर राष्ट्रिय निशान छाप राखेका थिए ।
यससँगै गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो हटाएर कांग्रेसका स्वर्गीय नेता विपी कोराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, शुशिल कोरालालगायतको फोटो राखिएको छ ।
यसअघि मन्त्रालयको भेटघाट कक्षमा राष्ट्रपति र प्रधानमन्त्रीका फोटो राखिदै आएको थियो । कांग्रसबाट बालकृष्ण खाँण गृहमन्त्री भएपछि राष्ट्रपतिको फोटो हटाएर कांग्रेसका नेताहरुको फोटो राखिएको हो ।
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया