गृह मन्त्रालयमा राष्ट्रपतिको फोटो हटाएर कांग्रेस नेताको फोटो राखियो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएसँगै गृह मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर नेपाली कांग्रेसका नेताको फोटो राखिएको छ । यसअघि मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने प्रचलन रहँदै आएको थियो ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा प्रधानमन्त्री भएपछि राष्ट्रिपतिको फोटो हटाएका थिए । प्रधानमन्त्री देउवाले राष्ट्रपतिको फोटा हटाएर राष्ट्रिय निशान छाप राखेका थिए ।
यससँगै गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो हटाएर कांग्रेसका स्वर्गीय नेता विपी कोराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, शुशिल कोरालालगायतको फोटो राखिएको छ ।
यसअघि मन्त्रालयको भेटघाट कक्षमा राष्ट्रपति र प्रधानमन्त्रीका फोटो राखिदै आएको थियो । कांग्रसबाट बालकृष्ण खाँण गृहमन्त्री भएपछि राष्ट्रपतिको फोटो हटाएर कांग्रेसका नेताहरुको फोटो राखिएको हो ।









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया