दल विभाजनसम्बन्धि अध्यादेश आउने भएपछि पार्टी एकता गर्न केपी ओलीको आग्रह (पत्रसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरेका छन् । उनले नेकपा एमाले र कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने गरी षड्यान्त्र भइरहेको भन्दै पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका हुन् ।
सोमबार साँझ बसेको एमालेको शीर्ष नेताहरू आन्तरिक छलफलपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टी एकतामा समाहित हुन आग्रह गरेका हुन् । सरकारले राजनीति दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि ओलीले पार्टी एकतबारे विज्ञप्ति जारी गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले संसद अधिवेशनको अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन लागेको बताउँदै गर्दा अध्यक्ष ओलीले दल विभाजनको प्रयासविरुद्ध प्रतिनिधिसभाका सदस्य, नेता तथा कार्यकर्तालाई एक ठाउँमा आह्वान गरेका हुन् ।
सरकारले एमालेका नेता नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन तयारी गरिरहेको छ ।












प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया