दल विभाजनसम्बन्धि अध्यादेश आउने भएपछि पार्टी एकता गर्न केपी ओलीको आग्रह (पत्रसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरेका छन् । उनले नेकपा एमाले र कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने गरी षड्यान्त्र भइरहेको भन्दै पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका हुन् ।
सोमबार साँझ बसेको एमालेको शीर्ष नेताहरू आन्तरिक छलफलपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टी एकतामा समाहित हुन आग्रह गरेका हुन् । सरकारले राजनीति दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि ओलीले पार्टी एकतबारे विज्ञप्ति जारी गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले संसद अधिवेशनको अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन लागेको बताउँदै गर्दा अध्यक्ष ओलीले दल विभाजनको प्रयासविरुद्ध प्रतिनिधिसभाका सदस्य, नेता तथा कार्यकर्तालाई एक ठाउँमा आह्वान गरेका हुन् ।
सरकारले एमालेका नेता नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धि अध्यादेश ल्याउन तयारी गरिरहेको छ ।


















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया