बाढीले मुहान बगाएपछि धमिलो पानी खान बाध्य तुम्कोटबासी

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् ।
पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन् । गत साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका लागि स्थानीयवासीले दुःख झेल्दै आएका छन् ।
तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाइप लाइन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनुपरेको बताए ।
घर आँगनमै भएका धारामा पानी आउन छाडेपछि घरका एक जनाको काम दैनिक पानी ओसार्ने मात्र छ । खानेपानी योजनामा बाढीले क्षति पु¥याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य हुँदै आएका छन् ।
बिहान सबेरै उठेर तुम्कोटका स्थानीयवासीको लाइन लागेर खानेपानी ओसार्ने दैनिकी बनेको छ । यसबाट तुम्कोटका २५ घरधुरीका स्थानीयवासी प्रभावित भएका छन् ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीले तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुइसिङ खानेपानी तथा सरसफाइ योजना बाढी पहिराले बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको बताए ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया