स्याली नदी कटानले मरघटैया उच्च जोखिममा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयामा स्याली नदीले स्थानीय किसानको धान रोपेको जग्गा कटान गरी बगाउन थालेको छ ।
नदीले जग्गा कटान गर्न थालेपछि १७ परिवार जोखिममा परेका छन् । लगातार भइरहेको वर्षाका कारण नदीमा बहाव बढेपछि जग्गा कटान तीव्र बनाएको हो ।
हालसम्म नदीले आठ परिवारको झण्डै दुई बिघा बढी जग्गा बगाई बगरमा परिणत गरेको छ । “स्थानीयवासी सोमलाल रानाले धान रोपेको पाँच कठ्ठा जग्गा बाढीले बगाएको बताए । नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान लगातार बढ्दोरूपमा रहेको छ”, उनले भने, “स्वामित्वको एक बिघा जग्गामध्ये आधा जग्गा नदीले बगाइसक्यो ।”
यस्तै अवस्था रहे नदीले घरबाससमेत बगाएर लैजाने अवस्था छ । वर्षात् हुने एक महिना अझै बाँकी रहेकाले लगातारको नदीले जग्गा कटान गर्दा बस्तीका बासिन्दा सुरक्षित बासस्थानको खोजीमा जुटेका छन् ।
बस्ती नै नदीको उच्च जोखिममा रहेकाले परिवार जोगाउने चुनौती आइपरेको क्षेत्रबहादुर चौधरीले बताए ।
“जग्गा नदीको बाढीले लगातार कटान गर्न थालेको छ”, उनले भने, “अझै वर्षा भए नदी बस्तीसम्म नै आइपुग्ने खतरा बढेर गएको छ । नदीले बेघर बनाउने अवस्थामा पुर्याउन थाल्यो ।”
खेतमा रोपेको धान नदीले जग्गा कटान गरी बगाउन थालेपछि स्थानीय बासिन्दा परिवार पाल्नका लागि अन्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन् ।
वर्षेनी यस क्षेत्रमा नदीले जग्गा कटान गर्दै आएको छ । वडाध्यक्ष बाले रानाका अनुसार नदीले तीन वर्षको अवधिमै १७ परिवारको झण्डै चार बिघा उब्जाउ जग्गा बगाइसकेको छ ।
नदीले जग्गा कटान गर्दै आएको क्षेत्र जोगाउनका लागि गत आवमा १५ लाख खर्चेर प्रदेश सरकारको बजेटमा निर्माण गरिएको तटबन्धसमेत बाढीले भत्काइदिएको छ ।
तटबन्ध निर्माण सन्तोषजनकरूपमा नगरिँदा तटबन्ध निर्माण गरेको दुई महिना नपुग्दै भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । भरपर्दो तटबन्ध निर्माण गरी बस्ती जोगाइदिनका लागि स्थानीयवासी सम्बन्धित निकायसँग माग गरेका छन् ।
















३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया