अफगानिस्तानबाट २८२ जना नेपाली आइपुगे
मेरोन्यूज
२०७८ भदौ १ गते ११:५५

काठमाडौँ । द्वन्द्व ग्रस्त मुलुक अफगानस्तिानबाट विभिन्न समयमा २८२ जना नेपाली काठमाडौँ आइपुगेका छन् । जसमा आज बिहान १०ः१५ बजे ११८ जना र यसअघि १६४ जना काठमाडौँ आइपुगेका थिए ।
पछिल्लो लटमा आएका ११८ जनालाई अफगानिस्तानबाट हिजो अमेरिकी एअर फोर्सको जहाजले उद्धार गरेको थियो । उनीहरू आज जागिरा एयरको जेएन ९५४१ विमानबाट काठमाडौँ आइपुगेको गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।
केसीका अनुसार गृहमन्त्री खाँणले अप्ठेरोमा परेका सबै नेपालीलाई ल्याउन कुनै कसर बाँकी नराखिने भन्दै त्यसका लागि आवश्यक पहल गर्न सम्बन्धित सबै निकायमा निर्देशन दिइसकेका छन् ।
(यसअघिको समाचारमा त्रुटी भएकाले सच्चाइएको छ ।)
सम्बन्धित
















साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
प्रतिक्रिया