अफगानिस्तानबाट २८२ जना नेपाली आइपुगे
मेरोन्यूज
२०७८ भदौ १ गते ११:५५

काठमाडौँ । द्वन्द्व ग्रस्त मुलुक अफगानस्तिानबाट विभिन्न समयमा २८२ जना नेपाली काठमाडौँ आइपुगेका छन् । जसमा आज बिहान १०ः१५ बजे ११८ जना र यसअघि १६४ जना काठमाडौँ आइपुगेका थिए ।
पछिल्लो लटमा आएका ११८ जनालाई अफगानिस्तानबाट हिजो अमेरिकी एअर फोर्सको जहाजले उद्धार गरेको थियो । उनीहरू आज जागिरा एयरको जेएन ९५४१ विमानबाट काठमाडौँ आइपुगेको गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।
केसीका अनुसार गृहमन्त्री खाँणले अप्ठेरोमा परेका सबै नेपालीलाई ल्याउन कुनै कसर बाँकी नराखिने भन्दै त्यसका लागि आवश्यक पहल गर्न सम्बन्धित सबै निकायमा निर्देशन दिइसकेका छन् ।
(यसअघिको समाचारमा त्रुटी भएकाले सच्चाइएको छ ।)
सम्बन्धित









जुम्लामा ८४९ मतदाता थपिए
आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा
ताेकिएकाे मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया