अध्यादेशप्रति माधव नेपाल पक्षभित्रै असन्तुष्टि

काठमाडौँ । सरकारले राजनीतिक दल विभाजनलाई सहज बनाउने हुने गरी अध्यादेश ल्याएपछि नेकपा एमालेका नेता माधव कुमार नेपाल समूहभित्र असन्तुष्टि देखिएको छ । विवाद समाधान कार्यदलमा रहेका नेताहरू र केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका हुन् ।
उनीहरूले वरिष्ठ नेता नेपालले दल विभाजन गर्न खोजे साथ दिन नसक्ने बताएका छन् । सरकारले मंगलबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएको छ ।
नेपाल समूहका नेताहरू गोकर्ण विष्ट, यज्ञराज सुनुवार, झपट रावल, ठाकुर गैरेलगायतका नेताहरूले पार्टी विभाजन गर्ने विषयमा सोच्न नसकिने जनाएका हुन् । यस्तै, भीम आचार्य, योगेश भट्टराई यस विषयमा पहिलेदेखि नै असन्तुष्ट रहेका छन् ।
नेपाल समूहलाई नयाँ दल बनाउन सहज होस् भनेर यो अध्यादेश ल्याइएको सत्तारुढ गठबन्धनका नेताहरूले बताए पनि नेपाल समूहमा आएको असन्तुष्टि नेपाल आफै अप्ठेरोमा परेका छन् ।
नेपाल समूहमा रहेका सचिव गोकर्ण विष्टले अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक भएको बताए ।
यसले दल विभाजनलाई प्रोत्साहन गर्ने भन्दै सचिव विष्टले भने, ‘यसले नेपालको राजनीतिमा दुःखद् परिणाम निम्त्याउने छ, यस प्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौं ।’
त्यसैगरी यज्ञराज सुनुवारले आफूहरू पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । उनीहरूले आजै डा. सूर्य पाठक, नवराज सिलवाल, गणेश पहाडी र कृष्णप्रसाद दाहालसँग कुराकानी गरेका थिए । अहिले नेपाल पक्षका केही नेताहरू ओली पक्षका नेतासँग पार्टी विभाजनलाई रोक्नेबारेमा छलफल गरिरहेका छन् । केही सांसदहरू सिंहदरबारमा र केही सांसदहरू अर्याल होटलमा छलफल गरिरहेका छन् ।
एमाले विभाजनको लागि अन्तिम तयारी गर्दै माधव नेपालले आफू निकटका केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । नेता नेपाल पक्षले विभाजनका लागि तयारी अवस्थामा रहन निर्देशन दिँदै आफू निकटका सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गरिसकेका छन् ।
उनले सो छलफल गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गराएको हो । माधव नेपाल समूहका प्रकाश ज्वालाबाहेक सबै केन्द्रीय सदस्यहरूलाई राखेर अद्यावधिक गराएको एमालेका निर्वाचन विभाग प्रमुख दाहालले बताए ।
यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय पठाइएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको छ । एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।
सो कमिटीलाई हालै सर्वोच्च अदालतले पनि मान्यता दिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउने गरी अध्यादेश पारित गरेलगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो । अहिले नेता नेपाल पक्षमा ८७ जना केन्द्रीय सदस्य रहे पनि ३० भन्दा बढी सदस्यहरू उनीसँग नरहने सम्भावना रहेको छ ।

















मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा
आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
प्रतिक्रिया