उद्योग वाणिज्य महासंघ र राप्रपा नेतृत्वबीच भिजन पेपरबारे छलफल

काठमाडौं । राष्ट्रिय आर्थिक रुपान्तरणसम्बन्धी भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने ध्येयका साथ नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलसँगको छलफल शुरु गरेको छ । सोही क्रममा आज महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छलफल गरेको हो ।
छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपतिशमसेर जबरा र डा प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागाी भएका थिए ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले भिजन पेपरका बारेमा जानकारी दिँदै यसको सफल कार्यान्वयनमा महासंघले सबै राजनीतिक दलहरूको सहयोग खोजेको बताए ।
मुलुकको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पु¥याउने, थप २३ लाख अतिरिक्त रोजगारी सिर्जना गर्ने र जीडीपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको भिजन पेपरको सफल कार्यान्वयनका लागि सरकार, सबै राजनीतिक दल, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।
सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत आएका कतिपय कार्यक्रम तथा नीति भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको भन्दै अध्यक्ष गोल्छाले प्रसन्नता व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसँग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसँग छलफल गर्न आएको जानकारी दिएका थिए । महासंघले अगाडि सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्य निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सबै राजनीतिक दलका लागिसमेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाएको महासंघले जनाएको छ ।









अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
प्रतिक्रिया