बाढीले मेलम्चीमा थप ३ घर बगायो
मेरोन्यूज
२०७८ भदौ २ गते १०:३९

काठमाडौँ । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची ६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए ।
उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको बताएका हुन् । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ ।
यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ गतेपछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।
गत असार १ साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने ६ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।
सम्बन्धित

















दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया