झण्डै १२ सांसदले चाहे फुट्ने छ कांग्रेस र माओवादी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश प्रमाणिकरण गरेसँगै पार्टीमा विवाद भएका नेताहरूलाई सहज भएको छ ।
योसँगै नेकपा (एमाले)का नेता माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)बाट असन्तुष्टि भएका महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्न पाउने भएको छ ।
दल विभाजनका लागि सहजता हुने गरी ल्याइएको अध्यादेशसँगै फुटको संघारमा रहेका एमालेका नेपाल पक्ष र जसपाका ठाकुर पक्ष सहज अवस्थामा पुगेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै उनीहरू नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका थिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद ६ को दल त्यागसम्बन्धी प्रावधानमा ‘कुनै दलको केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्याका कम्तिमा ४० प्रतिशत सदस्य हुँदा नयाँ दल बनाउन पाउने व्यवस्था रहेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले यसअघिको दल विभाजनसम्बन्धि अध्यादेश परिमार्जन गरी नयाँ अध्यादेश जारी गरेको हो । जारी भएको नयाँ अध्यादेशअनुसार दल विभाजन गर्न कुनै एक पक्षमा मात्रै २० प्रतिशत सदस्य भए पुग्ने प्रावधान रहेको छ ।
यो अध्यादेशअनुसार सत्ता साझेदारी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दल विभाजन गर्न कति सदस्य आवश्यक पर्ला ? यदि, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूले नयाँ दल दर्ता गर्न चाहे झण्डै १० देखि १२ जना सांसद भए पुग्ने भएको छ ।
नेपाली कांग्रेसका ६१ सांसदमध्ये १२ जना सांसदले दल विभाजन गर्न सक्ने छन् । कांग्रेसमा कूल ६३ जाना सांसदमध्ये २ जना निलम्बित भएका छन् । यस्तै, माओवादी केन्द्रमा ४९ सांसदमध्ये १० जना सांसद भए नयाँ दल दर्ता गर्न सक्नेछन् ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
प्रतिक्रिया