शुक्रबार, मंसिर ५, २०८२

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

मेरोन्यूज २०७८ भदौ २ गते १६:२५

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएसँगै उनी संसदीय दलको नेता चयन भएकी हुन् ।

दलको नेता बनेसँगै शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । पार्टी विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने गरि दलको नेता बनाइएको हो ।

शाक्यलाई मुख्यमन्त्री बनाउन एमाले बागमती प्रदेशको संसदीय दल एकमत रहेको छ ।

प्रतिक्रिया