पार्टीमा बस्नै नसक्ने बनाएपछि बाध्यता बन्यो : नेत्री झाँक्री
मेरोन्यूज
२०७८ भदौ २ गते १७:४३

काठमाडौँ । नेता माधव कुमार नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले बाध्याताका कारण नयाँ दल गठन गर्नु परेको बताएकी छन् । निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेकी उनले पत्रकारसँग बोल्दै बाध्यताले नयाँ कदम चाल्नु परेको बताएकी हुन् ।
‘एमालेसँग माया ममता धेरै बाँकी छ,’ उनले भनिन्, ‘हाम्रो एकताका लागि पनि पार्टी दर्ता गर्नु पर्ने थियो, यो बाध्यता हो ।’
नेत्री झाँक्रीले आफूहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरी पार्टीमा बस्नै नसक्ने बनाएपछि नयाँ पार्टी बनाउनु बाध्यता बन्न पुगेको हो । उनले एमाले एकता अझै बाँकी रहेको बताएकी छन् ।
‘पार्टी एकताको सम्भावना टरेको छैन, दर्ता भएपछि पनि एकता हुन्छ,’ उनले भनिन्, ‘पार्टी फरक भएपछि एकताका लागि झन सहज हुन्छ ।’
उनले अर्का नेता झलनाथ खनाल आफूहरूको एजेण्डामा सहमत भएको बताएकी छन् ।
सम्बन्धित









एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
गगन र विश्वप्रकाशले भने- महाधिवेशन नगरे हामी चुनाव लड्दैनौं
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया