पार्टीमा बस्नै नसक्ने बनाएपछि बाध्यता बन्यो : नेत्री झाँक्री
मेरोन्यूज
२०७८ भदौ २ गते १७:४३

काठमाडौँ । नेता माधव कुमार नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले बाध्याताका कारण नयाँ दल गठन गर्नु परेको बताएकी छन् । निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेकी उनले पत्रकारसँग बोल्दै बाध्यताले नयाँ कदम चाल्नु परेको बताएकी हुन् ।
‘एमालेसँग माया ममता धेरै बाँकी छ,’ उनले भनिन्, ‘हाम्रो एकताका लागि पनि पार्टी दर्ता गर्नु पर्ने थियो, यो बाध्यता हो ।’
नेत्री झाँक्रीले आफूहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरी पार्टीमा बस्नै नसक्ने बनाएपछि नयाँ पार्टी बनाउनु बाध्यता बन्न पुगेको हो । उनले एमाले एकता अझै बाँकी रहेको बताएकी छन् ।
‘पार्टी एकताको सम्भावना टरेको छैन, दर्ता भएपछि पनि एकता हुन्छ,’ उनले भनिन्, ‘पार्टी फरक भएपछि एकताका लागि झन सहज हुन्छ ।’
उनले अर्का नेता झलनाथ खनाल आफूहरूको एजेण्डामा सहमत भएको बताएकी छन् ।
सम्बन्धित















तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया