बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त
मेरोन्यूज
२०७८ भदौ २ गते २०:२८

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शाक्यको साँढे ८ बजे पद तथा गोपनियताको सपथ ग्रहण रहेको प्रदेश सभा सदस्य रचना खड्काले बताइन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शाक्यलाई आजै एमाले प्रदेश संसदीय दलको नेतामा नियुक्त गरेका थिए । शाक्य नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल पक्षमा थिइन् ।
पार्टी विभाजन भएपछि शाक्य नेता नेपालको साथ छोडेर एमालेमा लागेकी हुन् ।
सम्बन्धित

















१३२ केभी प्रसारणलाइनको परीक्षण सुरु
Jumla folks protest ambulance fare hike
नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
अफगानिस्तानको दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
साँढेको जुधाइ, बाच्छाको मिच्याइँ नहोस् : प्रचण्ड
प्रतिक्रिया