राप्रपा अध्यक्ष थापा भन्छन् ‘कांग्रेस राजनीतिको फोहाेरी बाटोमा हिड्यो’
मेरोन्यूज
२०७८ भदौ ३ गते ९:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेसको कदमले अस्थिरता बढाउने निश्चित भएको बताएका छन् ।
आज बिहान ट्वीट गर्दै थापाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले र जसपा फुटेको प्रसंगलाई संकेत गर्दै कांग्रेस फेरि आत्मघाती र राजनीतिको फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र (?)गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ । कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो । यो शुभ संकेत होइन।’

सम्बन्धित
















श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया