एमाले फुटाएपछि माधव नेपाल पहिलो पटक बालुवाटारमा
प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले समाजवादी दर्ता गराउन निवेदन दिएका माधव नेपालबीच बालुवाटारमा छलफल शुरु

काठमाडौं । नेकपा एमाले फुटाएपछि नेता माधव नेपाल पहिलो पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
अहिले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले समाजवादी दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिएका बरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको हो । बालुवाटार स्रोतका अनुसार छलफल भर्खर शुरु भएको छ ।
नेता नेपाल देउवा प्रधानमन्त्री भएपछि आज दोस्रो पटक बालुवाटार पुगेका हुन् । यस अगाडी पनि सत्ता गठबन्धन दलको छलफलका लागि उनी वालुवाटार गएका थिए । अब नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ ।
नेपाल समुहको सहभागिताकै विषयलाई लिएर लामो समयसम्म पनि देउवाले सरकार विस्तार गर्न सकिरहेका थिएनन । अहिले एक राज्यमन्त्री सहित ६ सदस्यीय मन्त्रिपरिषद् छ ।
मन्त्रीपरिषद् विस्तार गर्न नसकेको भनी आलोचना खेपीरहेको देउवाले अब भने मन्त्रीपरिषद् विस्तार गर्ने योजना बनाएका छन् ।
एमालेको विभाजनपछि नेपाल सहितको यो गठबन्धनले अब सत्ता सहयात्राका विषयमा केन्द्रीत रहेर छलफल हुने गरी बालुवाटार छलफल शुरु भएको हो ।









यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया