एमाले फुटाएपछि माधव नेपाल पहिलो पटक बालुवाटारमा
प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले समाजवादी दर्ता गराउन निवेदन दिएका माधव नेपालबीच बालुवाटारमा छलफल शुरु

काठमाडौं । नेकपा एमाले फुटाएपछि नेता माधव नेपाल पहिलो पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
अहिले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले समाजवादी दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिएका बरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको हो । बालुवाटार स्रोतका अनुसार छलफल भर्खर शुरु भएको छ ।
नेता नेपाल देउवा प्रधानमन्त्री भएपछि आज दोस्रो पटक बालुवाटार पुगेका हुन् । यस अगाडी पनि सत्ता गठबन्धन दलको छलफलका लागि उनी वालुवाटार गएका थिए । अब नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ ।
नेपाल समुहको सहभागिताकै विषयलाई लिएर लामो समयसम्म पनि देउवाले सरकार विस्तार गर्न सकिरहेका थिएनन । अहिले एक राज्यमन्त्री सहित ६ सदस्यीय मन्त्रिपरिषद् छ ।
मन्त्रीपरिषद् विस्तार गर्न नसकेको भनी आलोचना खेपीरहेको देउवाले अब भने मन्त्रीपरिषद् विस्तार गर्ने योजना बनाएका छन् ।
एमालेको विभाजनपछि नेपाल सहितको यो गठबन्धनले अब सत्ता सहयात्राका विषयमा केन्द्रीत रहेर छलफल हुने गरी बालुवाटार छलफल शुरु भएको हो ।
















काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया