इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिए ।
इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गर्नुभएको थियो ।
शिक्षाध्यक्ष भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञबीच अनुभव आदानप्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिए ।
सोही अवसरमा पुल्चोक इञ्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्रसमेत प्रकाशित गरिएको थियो ।
समझदारीपत्रमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल विश्वविद्यालयको विपद् व्यवस्थापन विभागका प्रमुख डा बु्ररिया एडिनीले हस्ताक्षर गरेको थियो ।


















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया