नयाँ पुस्तालाई बाटो देखाइदिनु पर्छ : डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले छाडेर माधव कुमार नेपालले गठन गरेको नेकपा एमाले (समाजवाद)सँगै देश याँ मोडेलमा गएको बताएका छन् । उनले नेकपा एमाले (समाजवादी) पार्टी गठन भएसँगै देश समाजवादमा गएको संकेत गरेको बताएका हुन् ।
बिहीबार काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा उनले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपाल जीले एमाले (समाजवादी) भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ, त्यो आजको आवश्यकता हो ।’
कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई आफूहरूले नयाँ बाटो देखाइदिनु पर्ने बताए । यदि, नयाँ बाटो देखाइदिन सके नेपालले विश्वलाई नयाँ गति दिन सक्ने उनको भनार्इ थियो ।
‘हामी ७० आसपास भएकाले धेरै गर्न नसकौँला, तर युवा पुस्तालाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,’ उनले भने ।









महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया