बालुवा सङ्कलनको अनुमति पाएपछि मजदुर खुशी

सिन्धुपाल्चोक । सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन् ।
उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र मजदुरको संयुक्त टोलीले बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा सावेल प्रयोग गरेर मजदुरले नदीजन्य पदार्थ उत्खनन गर्न पाउनुपर्ने र वडा नं १३ बाट उठेको करको २५ प्रतिशत रकम सोही वडाको विकास निर्माणमा खर्च गर्नुपर्ने माग रहेको आन्दोलनका अगुवा शिवराम दङ्गालले बताए ।
एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न दिइएको तर मजदुरले सावेल प्रयोग गरेर बालुवा झिक्दा नगरपालिकाबाट अवरोध गरिनु तर्कसङ्गत नरहेको भन्दै मजदुरले नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमृतकुमार धितालसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै धितालले मेसिन चलाउन रोक लगाइएको तर सावेल चलाएर बालुवा सङ्कलन गर्न सकिने जानकारी दिएको दङ्गालको भनाइ छ ।
उनले बाँकी केही निर्णय कार्यपालिका बैठकबाट गर्ने भनेर तत्कालका लागि प्राविधिकको सिफारिसमा वडाभित्र कुनै पनि मेसिन चलाउन नपाइने र सावेल प्रयोग गरेर बालुवा झिक्न दिने मौखिक जानकारी दिइएको बताए ।
नगरपालिकाले सावेल प्रयोग गरेर बालुवा सङ्कलन गर्न दिने निर्णय गरेपछि यही पेशाबाट रोजीरोटी गर्दै आएका आदिवासी माझी तथा दनुवार समुदायका मजदुरले खुशी व्यक्त गरेका छन् ।

















उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया