पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ भदौ ४ गते १०:४१

बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
पहिराले बिहान ६ः०० बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् । सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।
सम्बन्धित
















नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
Former PM Bhattarai bereaved of father
झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार
Gold, silver prices decline
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
प्रतिक्रिया