बुधबार, चैत १८, २०८२

सभामुख सापकोटाकाे च्याम्बर एमाले सांसदले गरे घेराउ

मेरोन्यूज २०७८ भदौ ४ गते ११:१३

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सभामुखको च्याम्बरमा घेराउ गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले सांसदहरुले कारबाही प्रक्रिया अघि बढाउन दवाव दिँदै घेराउ गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence


बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेतले सभामुख अग्नीप्रसाद सापकोटालाई पार्टीले कारबाही गरेका सांसदलाई चाँडो भन्दा चाँडो पदमुक्त गनदबाब दिएका थिए ।

गत,भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरीसहित १४ जनालाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।

तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।

प्रतिक्रिया