माधव नेपाल र महन्थ ठाकुर दुवैका पार्टी नाम फेरिने
नेपाल समुहमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी र ठाकुर समुहमा लोकतान्त्रिक समाजवादी पार्टी या लोकतान्त्रिक जनता पार्टी राख्ने गरी छलफल शुरु

काठमाडौं । माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख भए अनुसारको पार्टी नाम दुवैका फेरिने भएको छ । माधव नेपालले एमालेलाई विभाजन गदै नेकपा एमाले समाजवादी नाम निर्वाचन आयोगमा दर्ता गराएका थिए । त्यसैगरी महन्थ ठाकुरले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नाम राख्ने गरी निवेदन दिएका थिए ।
वुधबार नै दुवै नेताले राजनीतिक दल सम्वन्धी सरकारले ल्याएको अध्यादेशका आधारमा नयाँ दल दर्ताका लागि निवेदन दर्ता गराएका थिए ।
तर आयोगले दल दर्ताको संसोधति नियमावलीमा टेकेर एमाले र जसपा जोडेर पाटीृ दर्ता गर्न नमिल्ने भएकाले नयाँ नाम सहित निवेदन वोकेर आउन सूचित गरिसकेको छ ।
आयोगले तय गरेको नियमावालीका आधारमा कागजपत्र पुराएमा आयोगले दुवै दललाई फाष्ट ट्रयाकका आधारमा वढीमा ८÷१० दिनभित्रै दर्ता प्रक्रिया पूरा गरिदिने बताईसकेको छ ।
अव एमाले समाजवादीले पाटीृ नामबाट एमाले झिकेर आजै सम्भवत निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताको प्रक्रिया पूरा गर्नेछ ।
त्यस्तै जसपा लोकतान्त्रिले भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने कि लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्ने विषयमा तयारी थालेको छ ।
आयोगले सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार कुनै दलको नामसँग जुधाएर नयाँ दलको नाम दर्ता गर्न नसकिने मौखिक जानकारी दुवै समूहलाई दिएर लिखित पत्र समेत पठाउने तयारी गरेको छ।
विहीबार मात्रै एमाले समाजवादीका नेता विजय पौडेल निर्वाचन आयोग पुगेका थिए । उनले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए ।
अव नेपाल समुहले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता गर्ने गरी छलफल गरेको छ ।
















बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया