पहिराले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन
मेरोन्यूज
२०७८ भदौ ४ गते १२:५२

डोटी। गएरातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा उक्त राजमर्ग अवरुद्ध भएको थियो ।
राजमार्ग खुलाउन सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोग लिइएको घण्टेश्वर गैरास्थित प्रहरी चौकीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएका कारण गएरातिदेखि अलपत्र परेका दजनौँ सवारीसाधन तथा सयौँ यात्रु अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताए । पहिराका कारण पाँचौँ पटकसम्म राजमार्ग अवरुद्ध भइसकेको जनाइएको छ । रासस
सम्बन्धित
















तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया