माधव नेपाललाई एमालेको नाम प्रयोग गर्न नदिन माग

काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपाललाई एमालेको नामसँग मिल्ने गरी पार्टी दर्ता नगर्न माग गरेको छ । शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गर्दै एमालेले माधव नेपाललाई एमालेको नामसँग मिल्ने गरी पार्टी दर्ता नगर्न आग्रह गरेको हो ।
यस्तै एमालेले नेपाललाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गरेको छ । राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत नेपालको पार्टीलाई प्रयोग गर्न दिन नमिल्ने बताइउको छ ।
आयोगमा एमालेले बुझाएको निवेदनमा १४ जना सांसदलाई पार्टीले कारबाही गरिसकेकाले उनीहरुलाई २० प्रतिशतमा गणना गर्न नमिल्ने उल्लेख गरिएको छ । माधव नेपालले आफ्नो पार्टीको नाम संशोधन गरेर एकीकृत समाजवादी राखेका छन् । यसअघि नेपालले एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए ।
















नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
Former PM Bhattarai bereaved of father
झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार
Gold, silver prices decline
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
प्रतिक्रिया