वैधानिक रुपमा दल दर्ता भए केन्द्रीय कमिटी थपिन्छ : अध्यक्ष नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय कमिटीमा साविकको एमालेको केन्द्रीय कमिटीमा रहेकालाई मात्र राखेको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत तत्काललाई साविकको एमाले केन्द्रीय कमिटीमा रहेका र विद्रोहको पक्षमा हस्ताक्षर गरेका नेतालाई एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्यमा राखेको बताए ।
उनले लेखेका छन्, “हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्यउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ ।”
उनले दलको दर्ता वैधानिक रुपमा पूरा भए राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका नेताहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताए । उनले एकताको ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको बताए ।
उनले भने, “एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं । नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।”
नेपालले बुधबार एमालेलाई विभाजन गरेर आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरेका छन् ।









मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया