महालेखाको ५८औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, ४ खर्ब १८ अर्ब बेरुजु

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ ।
राष्ट्रपति कार्यालयमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टंकमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानअनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार ४ खर्ब १८ अर्ब बढी बेरुजु रकम रहेको छ । सरकारी कार्यालयले कुल ५३ खर्ब २७ अर्ब ९१ करोड बढीको लेखा परिक्षण गर्दा ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बेरुजु रहेको देखिएको छ । कार्यालयले ३ हजार ७९ संघीय सरकारी निकाय तथा कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँको लेखापरिक्षण गर्दा ४४ अर्ब ३९ करोड बढिको बेरुजु देखिएको छ ।
यस्तै, १ हजार १९ प्रदेश निकाय र कार्यालयहरुको २ खर्ब ३७ अर्ब ४१ करोडको लेखापरिक्षण गर्दा ६ अर्ब ५० करोड बेरुजु रकम रहेको पाईएको छ । साथै, ५८४ समिति तथा अन्य संस्थाको १ खर्ब ६३ अर्व ५७ करोडको लेखापरिक्षणबाट १२ अर्ब ६६ करोड र ६ सय ९९ स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोडको लेखापरिक्षणबाट ४० अर्ब ८३ करोड बेरुजू पाईएको छ ।
यसका साथै, सार्वजनिक संस्था ८१ को २५ खर्ब ५५ अर्ब १३ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ । संगठित संस्थाको लेखापरिक्षणको लागि परामर्श उपलब्ध गराए बमोजिम ११ अर्ब २० अर्ब ७९ करोडको लेखापरिक्षण भएको छ ।
गत बर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ३२ करोडमा फ्रस्यौट तथा समायोजन गरिएको अंक १ खर्ब ३ अर्ब ८५ करोढ घटाई यो बर्ष थप भएको १ खर्ब ४ अर्ब ३८ करोडसमेत ४ अर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बाँकी रहेको देखिन्छ ।
कार्यालयका अनुसार यो बर्ष लेखापरिक्षणबाट ६ अर्ब १७ करोड रुपैयाँ असुल भएको छ भने अध्यावधिक कारबाही गरी टुंगो लगाउनुपर्ने रकम गत बर्षसम्म ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा यो बर्ष ११ अर्ब ४१ करोड पुगेको छ ।
















झापा- ५ मा रास्वपाको सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार
Gold, silver prices decline
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह
म्याग्दीको दोसल्लेबाट दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
प्रतिक्रिया