दिल्लीबाटै झलनाथले भने – म माधव नेपालको साथमा छु
पार्टीका सबै नेता कार्यकर्तालाई बिना हिच्किचाहट पूर्नगठित पार्टीमा गोलबद्द भएर अगाडी वढ्न अपिल

काठमाडौं । दिल्लीको एपोलो हस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफु माधव नेपालको साथमा रहेको बताएका छन् । एमाले विभाजनमा माधव नेपाल समुहमै रहेका दोस्रो तहका नेताहरुले साथ नदिईरहेका बेला खनालले भने आफु माधव नेपालको साथमा रहेको प्रष्ट पारेका छन् ।
उनले आज आफनो सचिवालयको तर्फबाट सामाकिज सन्जलमा जारी गरेको छोटो प्रतिक्रियामा आफु नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको जानकारी गराएका हुन् ।
त्यसो त उनले आजै इलामाका सञ्चारकर्मीहरुसँग भर्चुअल संवाद गर्दै समाजवादलाई लक्ष्य मानेर पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका हुन् ।
खनालले पार्टीका सबै नेता कार्यकर्तालाई बिना हिच्किचाहट पहलकदमी लिएर क्रान्तिकारी विचार सहितको पार्टीलाई अघि वढाउन पनि अपिल गरेका हुन् ।
दक्षिणपन्थी अवसरवादको चपेटामा नेतृत्वले पार्टीलाई पुर्याएकाले क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउनुको विकल्प नभएको खनालले गृहजिल्ला इलामका सञ्चारकर्मीहरुसँग भनेका थिए ।
‘हामीले एमाले र माओवादीलाई एकतावद्ध गरेर कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी पार्टीलाई एकीकृत पार्टी बनाइसकेका थियौं त्यसलाई केपी ओलीलेध्वस्त पार्ने काम मात्र गरे, खनालले भने ।
अहिलेको नेतृत्वले नेताहरुलाई एकपछि अर्को कारबाही गर्ने र पूर्वाग्रहीरुपमा हेर्ने गरेको र संविधानसभाबाट बनेको संविधानलाई च्यातच्यूत पार्ने काम गरेपछि क्रान्तिकारी पाटीृ पनूगठनको विकल्प नरहेको खनालको भनाई थियो ।
उनले नेपाल समुहमा रहेका र अहिले नेपाललाई साथ नदिएका नेताहरुलाई पनि क्रान्तिकारी पार्टी पूर्नगठनमा लाग्ने या ओलीको निरंक्ुश र तानाशाही लाई स्वीकार्ने भन्ने वाटो छिटो तय गर्न आग्रह गरेका थिए ।
‘पार्टीलाई पुनर्गठनको क्रान्तिकारी बाटोमा हिँडाएर नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिँदै दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुको विकल्प छैन,’ खनालले भने, पार्टीका नेता कार्यकर्ताहरु अव क्रान्तिकारी पार्टीमा धुव्रिकृत हुने या ओलीको तानाशाही स्वीकार गरेर जाने छिटो वाटो रोज्दा हुन्छ ।‘
२०३२ सालमा ८ जना मिलेर पार्टी पुनर्गठन गर्न सुरु गरेर पार्टीलाई यहाँसम्म ल्याएको स्मरण गदै खनालले दक्षिणपन्थी अवसरवादको अलमलमा परेका सबैलाई एकाताबद्ध भएर अघि बढ्ने समय आएको बताएका थिए ।
















रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको मृत्यु
Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
Number of water birds declines in Nepal in recent years
Pakistan reiterates call for full implementation of UNSC Resolution 47
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया