आयोगले दर्ता नगर्दै महन्थ ठाकुरको पार्टीमा विवाद
कार्यकारिणी समितिको नामावलीमा तीन जनाले हस्ताक्षरै गरेनन्

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालमा निर्वाचन आयोगबाट मान्यता नपाउँदै विवाद सुरु भएको छ । वरियता विवादका कारण शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएको ३१ सदस्यीय कार्यकारिणी समितिको नामावलीमा तीन जनाले हस्ताक्षर गरेका छैनन् । पहिला २४ सदस्यीय कार्यकारिणी समिति बनाइएकोमा पछि ७ सदस्य थपिएको थियो ।
वरियताक्रमको ४ नम्बरमा राखिएका अनिलकुमार झा, ९ नम्बरकी चन्दा चौधरी र पछि थपिएका ७ जनामध्ये दोस्रो नम्बरकी निलम बर्माले हस्ताक्षर गरेका छैनन् ।
स्रोतका अनुसार झाले वरिष्ठ नेता नराखेकोमा असन्तुष्टि जनाएर हस्ताक्षर नगरेका हुन् । झाले पूर्वराष्ट्रिय जनता पार्टीको ६ सदस्यीय अध्यक्ष मण्डलमा रहेका अहिलेको पार्टीमा रहेका चार जनामध्य महन्थ ठाकुर अध्यक्ष र राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेता राखिएको तर आफूलाई नराखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । ६ सदस्यीय अध्यक्ष मण्डलमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादव जनता समाजवादी पार्टीमा गएका छन् ।
अध्यक्ष ठाकुरकी विश्वासपात्रका रुपमा चिनिने चौधरीले महिलालाई मुख्य स्थानमा नराखिएको र वरियतामा पनि तल झारिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो । बर्माले भने चौधरीको असन्टुष्टिमा सहमति जनाउँदै हस्ताक्षर नगरेको स्रोतले बतायो ।
झाले यसअघि बुधबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा ठाकुरलाई अध्यक्ष र अरु नेतालाई कार्यकारिणी सदस्य राखेकाले हस्ताक्षर गरेका थिए । अहिले भने दुई नेतालाई वरिष्ठ नेता राखेकाले असन्तुष्टि जनाएर हस्ताक्षर नगरेका स्रोतले बतायो ।









उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया