गर्मीमा छालालाई कसरी जोगाउने ? यस्ता छन् तरिका

गर्मी समयमा हामीले कसरी छालाको सुरक्षा गर्ने भनेर धेरैलाई चिन्ता हुन्छ । यस्तो चिन्ता हुनु स्वाभाविक हो ।
समयमा छालाको हेरचाह गरेनौँ भने छालासम्बन्धि विभिन्न समस्या आउन सक्छ । त्यसैले समस्या आउनुभन्दा पहिले घरैभित्र कसरी छालालाई जोगाउने भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ ।
गर्मी महिनामा सन स्क्रिमको छनोट गर्दासमेत विशेष ध्यान दिनुु पर्छ । किनभने गर्मीमा च्यापच्याप हुने खालका क्रिमको छनोट गर्नु हुँदैन । त्यसैल जेल र लोसनका रुपमा भएका सन्स क्रिम गर्मीमा राम्रो मानिन्छ । चिल्लो छाला भए जेल र सुख्खा भए लोसन बेसको सन स्क्रिम लगाउनु पर्छ ।
घरभित्र बसेका छौँ भने मोस्चाराइजर र सन्स क्रिम लगाउने भन्ने भ्रम हामीसँग रहेको छ । त्यस्तो पनि गर्नु हुँदैन । घरभित्र बस्दा राम्रोसँग जेलयुक्त सन्स क्रिम लोसनयुक्त मोस्चाराइजर लगाउनु पर्छ । अझ, कम्प्युटरमा बसेर काम गर्दा कम्प्युटरबाट निस्कन रेडिएसनबाट बच्न ३ देखि ४ घण्टाको फरकमा सन्सक्रिम लगाउँदा राम्रो मानिन्छ ।
गर्मीको समयमा चिल्लो प्रकारको मोस्चराइजर लगाउनु हुँदैन । यस्ता, मोस्चाइराइरले बाहिरको धुलो टाँसिने र छालाको रोम छिद्र टालिने हुन्छ । यसरी रोम छिद्र बन्द हुँदा शरीरको विकार बाहिर निस्कन पाउँदैन । जो पसिनाको माध्यमबाट निस्कन्छ । त्यसले अनुहारमा दाग धब्बा देखिनेलगायत विभिन्न छालाजन्य समस्या देखिन्छ ।
यस्ता क्रिमले छालाजन्य समस्याहरू डण्डिफोर, छाला फुस्रो हुने, चिलाउने चायाँ र पोतोलगायतबाट बच्न सकिन्छ । हाम्रो बानी के छ, भने बिहान घरबाट निस्किँदा एकपटक सन्सक्रिम लगाएर निकिन्छौँ । तर, त्यतिले मात्र हाम्रो छालाको सुरक्षा हुँदैन । सन्सक्रिम ३ देखि ४ घण्टाको फरकमा प्रयोग गनु पर्छ । घरबाहिर निस्किँदा सकेसम्म छाताको प्रयोग गर्नु पर्छ ।
कुनै समस्या नभएको छालाका लागि एसपिएफ २५ भन्दामाथिको सन्सक्रिमको प्रयोग गर्नु पर्छ । तर, छालामा चायाँ पोतोलगायत छालाजन्य संक्रमण भएको छ भने घामबाट बचाउन चिकित्सकको सल्लाहमा एसपिएफ ५० भन्दामाथिका सन्स क्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ ।
गर्मीमा धुलो र धुँवाले अनुहार तथा हात खुट्टाको छालालाई सोझो असर गर्छ । जसले छाला कालो र फुस्रो बनाउँछ । त्यस्तो समस्याबाट बच्न राम्रोसँग अनुहारमा सन्सस्क्रिम लगाउनु पर्छ । अन्य छालामा जेलयुक्त मोस्चाराइजरको प्रयोग गनुपर्छ ।
विभिन्न देशका छालाा रोग विशेषज्ञहरूले सन्स क्रिम ६ महिनादेखि माथिले लगाउनु पर्ने बताउँदै आएका छन् । पछिल्लो समय पश्चिमा देशहरूमा छालाको क्यान्सर देखिन्छ । भने हाम्रो जस्तो देशमा चाउरीपना, चायाँ पोतोलगायत समस्या बढी देखिने गरेको छ ।
त्यसैगरी, गर्मीमा चिसो पानीले दिनहुँ नुहाउनु पर्छ । यो मौसममा पसिना आउने हुँदा हामीले प्रशस्त पानी पिउनु पर्छ । खानामा भिटामिन सी, भिटामिन ई, भिटामिन ए भएका खाने कुराहरू खानु पर्छ । अम्लीय फलफूल तथा खाने कुरा खानु पर्छ ।
राति सुत्नुअघि फेसवास गर्नु पर्छ । किनभने दिनभरको धुलो धुँवा हाम्रो अनुहारको छालामा जम्मा भएर बसेको हुन्छ । त्यसलाई निकाल्न र सफा गर्न अनुहार धुने गर्नु पर्छ । अनुहार सफा गरेपछि मोस्चरराइजरको प्रयोग गर्नु पर्छ ।
(वरिष्ठ छाला रोग विशेषज्ञ डा.भट्टराईसँग मेरोन्यूजकर्मी सञिजता खनालले गरेको कुराकानीमा आधारित )









राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया