अफगानिस्तानका १५० भारतीय तालिबानको कब्जामा

काबुल । तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि स्वदेश फर्किने क्रममा रहेका एक सय ५० जना काबुल विमानस्थल नजिकैबाट अपहरणमा परेका छन् ।
शुक्रबार अपहरणमा परेका अधिकांश भारतीय रहेको इन्डिया डटकमले जनाएको छ । तालिबानका प्रवक्ता अहमदुल्लाह वसेकले भारतीय नागरिकको अपहरणको सम्बन्धमा मिडिया रिपोर्ट अस्वीकार गरेका छन् ।
बिहान काबुल एयरपोर्ट पुगेकाहरूलाई हतियारधारी तालिबानीहरूले नियन्त्रणमा लिएको बताइएको छ । अपहरणमा परिएका भनिएकाहरू सबै सुरक्षित रहेको तालिबान सरकारलाई उद्दृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएको छ । उनीहरु यतिबेला काबुल एयरपोर्ट नजिकैको ग्यारेजमा रहेको भनिएको छ ।
गत अगस्ट १५ मा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि सो मुलुक फर्कनेको संख्या थेगिनसक्नु भएको थियो । दैनिक हजारौंको संख्यामा बाहिरिए पनि अझै विमानस्थलको चाप घट्न सकेको छैन ।









सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बर्दिया घटनाको छानबिन गर्न समिति गठन
काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया