चितवनमा दुई काव्य लोकार्पण
चितवन । साहित्यकार सुमन घिमिरेका दुई वटा काव्य एकैपटक लोकार्पण गरिएका छन् ।
पर्यटन व्यवसायीसमेत रहेका घिमिरेका नेपाली भाषाको कविता संग्रह ‘सुनको टप’ र अङ्ग्रेजी भाषाको कविता संग्रह ‘साइक्लोन अफ फायर’ लोकार्पण गरिएको हो ।
प्रकाशक गोर्खा पब्लिकेसन्स प्रालिको आयोजना र कविडाँडा साहित्य समाज चितवनको संयोजनमा भएको कार्यक्रममा साहित्यकार प्रतिक ढकालले दुवै कृति एकसाथ लोकार्पण गरे । सो अवसरमा कवि भुपिन र चेतराज रेग्मीले कविताको समीक्षा गरेका थिए । कविताको समीक्षा गर्दै कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले मुलुकको वास्तविकता कवितामार्फत चित्रण भएको बताए ।
कवि घिमिरेको विसं २०६८ मा पहिलो कविता संग्रह ‘मेरो बैंसको क्यालेण्डर’ सार्वजनिक भएको थियो । यी १० वर्षको बीचमा लेखिएका कवितालाई यस संग्रहमा स्थान दिएको कवि घिमिरेले बताए । घिमिरे क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष समेत हुन् ।














सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया