कोरोनाविरुद्ध खोप लगाउने क्रम जारी

काठमाडौँ । काठमाडौँमा आइतबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । शुक्रबारदेखि ४० वर्षमाथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीलाई विभिन्न खोप केन्द्रबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो ।
आइतबार पनि विद्यार्थीहरू र ४० वर्षमाथिका व्यक्तिहरू खोप लगाउन लामबद्ध भएका छन् । शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका खोप केन्द्रका साथै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ ।
खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दबाब बढेसँगै शुक्रबारदेखि विद्यार्थीहरूका लागि खोप उपलब्ध गराइएको हो ।













आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया