कोरोनाविरुद्ध खोप लगाउने क्रम जारी

काठमाडौँ । काठमाडौँमा आइतबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । शुक्रबारदेखि ४० वर्षमाथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीलाई विभिन्न खोप केन्द्रबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो ।
आइतबार पनि विद्यार्थीहरू र ४० वर्षमाथिका व्यक्तिहरू खोप लगाउन लामबद्ध भएका छन् । शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका खोप केन्द्रका साथै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ ।
खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दबाब बढेसँगै शुक्रबारदेखि विद्यार्थीहरूका लागि खोप उपलब्ध गराइएको हो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया