ओलीको तयारी : माधव नेपाल समूह छाडेका नेतासहित स्थायी समिति बैठक बोलाउने

काठमाडौँ । नेकपा एमालेले माधव नेपाल समूह छाडेर तेस्रो धार बनाएका नेताहरूसहित स्थायी समिति बैठक बोलाउने तयारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ओली निवास बालकोटमा पुगेका माधव नेपाल छाडेका नेताहरूसँग ओलीले तत्काल बैठक बोलाउने तयारी गर्ने जानकारी दिएको स्रोतले बताएको छ ।
आज बेलुका वा भोलि बिहानसम्म स्थायी समितिको बैठक बोलाउने र पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइने र १० बुँदे सहमति कार्यान्वयन गरेर जान तयार रहेको ओलीले जनाएका छन् ।
पार्टी संरचनामा आउने समस्या समाधान गर्न कार्यदल बनाउने र १० बुँदे सहमतिका लागि निश्चित समय सीमासहितको डेटलाइन तय गरेर कार्यान्वयनको चरणमा लैजाने गरी सहमति जुट्न लागेको हो ।
नेपाल समूहमा नगएका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताहरू बिहान ओली निवास बालकोट पुगेका थिए । छलफलमा महासचिव ईश्वर पोखरेलसमेत सहभागी भएका थिए ।









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया