ओलीको तयारी : माधव नेपाल समूह छाडेका नेतासहित स्थायी समिति बैठक बोलाउने

काठमाडौँ । नेकपा एमालेले माधव नेपाल समूह छाडेर तेस्रो धार बनाएका नेताहरूसहित स्थायी समिति बैठक बोलाउने तयारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ओली निवास बालकोटमा पुगेका माधव नेपाल छाडेका नेताहरूसँग ओलीले तत्काल बैठक बोलाउने तयारी गर्ने जानकारी दिएको स्रोतले बताएको छ ।
आज बेलुका वा भोलि बिहानसम्म स्थायी समितिको बैठक बोलाउने र पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइने र १० बुँदे सहमति कार्यान्वयन गरेर जान तयार रहेको ओलीले जनाएका छन् ।
पार्टी संरचनामा आउने समस्या समाधान गर्न कार्यदल बनाउने र १० बुँदे सहमतिका लागि निश्चित समय सीमासहितको डेटलाइन तय गरेर कार्यान्वयनको चरणमा लैजाने गरी सहमति जुट्न लागेको हो ।
नेपाल समूहमा नगएका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताहरू बिहान ओली निवास बालकोट पुगेका थिए । छलफलमा महासचिव ईश्वर पोखरेलसमेत सहभागी भएका थिए ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया