एमालेमा सहमति, मंगलबार स्थायी कमिटी बैठक बोलाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले तेस्रो धारका नेताहरुबीच सहमति भएको छ । अध्यक्ष ओली र नेताहरुबीच सहमति भएसंगै एमालेले मंगलबार ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ ।
१० बुँदे सहमति कार्यान्वयनको लागि मंगलबार स्थायी कमिटी बैठक बोलाएको एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयनको लागि मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । १० बुँदे सहमति कार्यान्वयनसहित पार्टीका नेता तथा कार्याकर्ता सबैलाई एकतावद्ध भइ अगाडि बढ्न हामी अपिल गछौं ।’
अध्यक्ष ओलीको निवास बालकोटमा सोमबार भएको छलफलमा ओली, महासचिव ईश्वर पोखरेल र एमाले तेस्रो धारका नेताहरुबीच सहमति भएको हो । एमाले पार्टी एकता कायम गर्न गठित कार्यादलले १० बुँदे सहमति गरेको थियो ।
तर, अध्यक्ष ओलीले उक्त सहमति कार्यान्वयन नगरेको भन्दै माधव कुमार नेपालले पार्टी विभाजन गरी नयाँ दल दर्ता गरेका छन् । तर, उनी निकटका कतिपय पदाधिकारी र स्थायी कमिटी सदस्यहरु नयाँ दलमा नगइ आलीलाई १० बुँदे सहमति कार्यान्वन गर्न आग्रह गरेका थिए ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया