माधव नेपाल समूहबाट छुटेका नेताहरू एमालेमै फर्किन तयार

काठमाडौँ । नेकपा एमालेमा तेस्रो धार भनेर देखिएको पक्ष स्थायी समिति बैठकमा सहभागी हुने भएको छन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने भएका हुन् ।
एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने तयारी हुँदै गर्दा नेपाल पक्षबाट गएर बनेको तेस्रो धारका नेताबीच सोमबारको छलफल भएसँगै ओली बैठक बोलाउन तयार भएका हुन् ।
ओली निवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार रहेको बताएको नेता योगेश भट्टराईले पत्रकारसमक्ष बताएका थिए ।
सोमबार ओलीसँगको छलफलपछि भोलि मंगलबार ११ बजे पार्टीको स्थायी समिति बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनका अनुसार नेता माधव नेपाल पक्षमा रहेका नेताहरू पार्टीको स्थायी समिति बैठकमा सहभागी हुने भएका हुन् ।
बैठकमा तेस्रो धारका नेताहरूमा भिम रावल, योगेश भट्टराई, रघुजी पन्तलगायतका नेताहरू सहभागी भएका थिए ।
















एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया