माधव नेपाल समूहबाट छुटेका नेताहरू एमालेमै फर्किन तयार

काठमाडौँ । नेकपा एमालेमा तेस्रो धार भनेर देखिएको पक्ष स्थायी समिति बैठकमा सहभागी हुने भएको छन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने भएका हुन् ।
एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने तयारी हुँदै गर्दा नेपाल पक्षबाट गएर बनेको तेस्रो धारका नेताबीच सोमबारको छलफल भएसँगै ओली बैठक बोलाउन तयार भएका हुन् ।
ओली निवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार रहेको बताएको नेता योगेश भट्टराईले पत्रकारसमक्ष बताएका थिए ।
सोमबार ओलीसँगको छलफलपछि भोलि मंगलबार ११ बजे पार्टीको स्थायी समिति बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनका अनुसार नेता माधव नेपाल पक्षमा रहेका नेताहरू पार्टीको स्थायी समिति बैठकमा सहभागी हुने भएका हुन् ।
बैठकमा तेस्रो धारका नेताहरूमा भिम रावल, योगेश भट्टराई, रघुजी पन्तलगायतका नेताहरू सहभागी भएका थिए ।









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया