अफगानिस्तानबाट आएकालाई पोलियो थोपा खुवाउँदै

काठमाडौँ । सरकारले अफगानिस्तानबाट उद्धार गरी ल्याएका नेपालीहरूलाई पोलियो थोपा खुवाउने भएको छ । सोमबार अफगानिस्तानबाट १५० जनालाई सरकारले उद्धार गरेर ल्याउँदै छ ।
उनीहरूलाई केही आइपुगेसँगै विमानस्थलमा नै पोलियो थोपा खुवाइने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । उनले अफगानिस्तान पोलियो जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँबाट ल्याइएकहरूलाई पोलियो थोपा खुवाउन कार्यक्रम रहेका बताए ।
‘अफगानिस्तान पोलियोको उच्च जोखिमयुक्त क्षेत्र हो,’ उनले भने, ‘सरकारले अफगानिस्तानबाट आएकाहरुलाई जिल्ला–जिल्लाका खोप केन्द्रबाट पोलियो थोपा खुवाउने व्यवस्था मिलाएको छ, आजैबाट पोलियो थोपा खुवाइन्छ ।’
नेपालमा ५ वर्षमुनिका बालबालिकाहरुलाई मात्र पोलियो थोपा खुवाइदै आएको छ । तर, अब अफगानिस्तानबाट आएकाको हकमा भने उमेरको हदबन्दी कायम नभएको उनले मेरोन्युजलाई जानकारी दिए । अफगानिस्तान र पाकिस्तानमा मात्र सन् २०१६ यता पोलियो रोग देखिदै आएको छ ।
विश्व स्वास्थ्य संगठनअन्तर्गतको आइएचआर (इन्टरनेशनल हेल्थ रेगुलसन)को सिफारिसपछि अफगानिस्तानबाट फर्किएका नेपालीहरूलाई पोलियो थोपा खुवाउन लागेको महाशाखाले जनाएको छ ।
हालसम्म अफगानिस्तानबाट ५ सय ४ जना नागरिक स्वदेश फिर्ता भइसकेका छन् ।
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया