लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षीमा शून्य मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वसको मत पाएका छन् । उनको पक्षमा ४२ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो । कूल ८० जना सांसदमा बैठकमा ४३ जना उपस्थित भएका थिए ।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन आग्रह गरेका थिए । उनले विश्वासको मत माग्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक बहिस्कार गरेको छ ।
मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद एक गरी ४२ सांसदले मत दिएका थिए ।
उता नेकपा एमालेले सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म बैठकमा सहभागी नहुने बताउँदै आएको छ । सोहीअनुरुप मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका सांसद अनुपस्थित भएका छन् ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया