कांग्रेस क्रियाशील सदस्यता विवाद समितिले सभापति देउवालाई बुझायो प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएको छ । सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको हो ।
अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने प्रतिवेदन बुझ्दै सभापति देउवालाई उदृत गर्दै छान समितिका एक सदस्यले मेरोन्युजलाई बताए ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।
उक्त समितिले भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले तोकिएको समयभन्दा ५ दिनपछि (आज)मात्र प्रतिवेदन बुझाएको हो ।
कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया