४५ दिनपछि कांग्रेस बाराको धर्ना अन्त्य, रौतहटको रिले अनशन ३३औँ दिनदेखि जारी

काठमाडौं । विधान र मापदण्डविपरीत वितरण गरिएका क्रियाशील सदस्यहरू खारेजीको माग गरेर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी ४५ दिनदेखि रहेका जिल्ला सभापतिहरुले धर्ना कार्यक्रम स्थगन गरेका छन् ।
६ बुँदे माग राख्दै ४५ दिनअघि सुरु गरिएको धर्ना क्रियाशील विवाद समितिले ५० प्रतिशत माग सम्बोधन गरेकाले स्थगन गरिएको नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री राजेश रौनीयारले जानकारी दिए ।
मापदण्डविपरीत वडा कार्यसमितिको निर्णयबिना जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता बाँडेको भन्दै बारा र रौतहटका असन्तुष्ट नेता तथा कार्यकर्ताहरू धर्नामा बसेका थिए ।
जिल्ला सभापति कृष्णप्रसाद यादवले यादवले १८ वटा वडामा भने वडा सभापतिहरूको निर्णयविपरीत आफूनिकटको नाम थप गरी प्रत्येक वडामा कम्तीमा १५ जनाको नाम हटाएको झाको आरोप छ ।
“महासमिति सदस्य, जिल्ला कोषाध्यक्षलगायत अन्य ७८ जना प्रभावशाली नेताहरूको क्रियाशील नवीकरण भएकै छैन,” उनले भने ।
४१ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर–१ का ३१ वडामा विवाद रहेको भन्दै रिले अनशन जारी छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया