एमाले विभाजन क्रान्तिकारी व्रिद्रोह : खनाल

काठमाडौं । प्रस्तावित एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट पार्टीको बैठकलाई सम्बोधन गरेका छन् । उनले मंगलबार चन्द्रागिरी रिसोर्टमा बसेको बैठकलाई भर्चुअल माध्येमबाट सम्बोधन गर्दै आफू एकिकृत समाजवादी पार्टीको वरिष्ठ नेता भएको बताएका छन् ।
उनले आगामी सोमबार आफू नेपाल फर्किने बताए । एमाले विभाजन क्रान्तिकारी व्रिद्रोह भएको भन्दै उनले स्थायी कमिटीका सदस्यहरूले मध्यपन्थी अवसरवादको बाटो लिएर केपी ओलीलाई साथ दिएको बताए ।
उनले भने, ‘कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन । अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ । नेकपा एकीकृत समाजवादीको बारेमा बुझाउन मुखपत्र छाप्ने पर्छ । केपी ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनु पर्छ ।’
उनले मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकिएको बताए ।
















एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
सभामुखको निर्वाचन चैत २२ गते
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया