माधव नेपाल नेतृत्वको पार्टीमा बामदेव आउने दाबी

काठमाडौँ । नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरूको पक्षमा नेताहरू थप भएको बताएकी छन् । बुधबार निर्वाचन आयोगमा नयाँ दल गर्नका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारसँग बोल्दै यस्तो बताएकी हुन् ।
उनले प्रतिनिधिसभामा तीन जना र राष्ट्रियसभामा दुई जना सांसदहरू बढेको बताएकी हुन् । उनले एक जना नेताले नयाँ पार्टीमा आउन सनाखत गर्न नपाएकाले छुटेको जानकारी दिइन् ।
पत्रकारहरुसँगको कुराकानीमा उनले आफूहरूको अभियानमा सामेल हुन आउने सबै जनाका लागि ढोका खुला नै हुने बताएकी थिइन् । उनले भनिन्, ‘हाम्रो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरूलाई ढोका ओपन नै राख्नु पर्छ ।’
यस्तै, उनले नेकपा एमालेका उपध्याक्ष बामदेव गौतम पदबाट राजीनामा दिएर आउने उल्लेख गरेकी थिइन । उनले भनिन्, ‘बामदेव गौतम कमरेडले त राजीनामा नै दिएर आउने भन्ने कुरा मिडियामा आएको सुनेको छु ।’

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया