माधव नेपाल नेतृत्वको पार्टीमा बामदेव आउने दाबी

काठमाडौँ । नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरूको पक्षमा नेताहरू थप भएको बताएकी छन् । बुधबार निर्वाचन आयोगमा नयाँ दल गर्नका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारसँग बोल्दै यस्तो बताएकी हुन् ।
उनले प्रतिनिधिसभामा तीन जना र राष्ट्रियसभामा दुई जना सांसदहरू बढेको बताएकी हुन् । उनले एक जना नेताले नयाँ पार्टीमा आउन सनाखत गर्न नपाएकाले छुटेको जानकारी दिइन् ।
पत्रकारहरुसँगको कुराकानीमा उनले आफूहरूको अभियानमा सामेल हुन आउने सबै जनाका लागि ढोका खुला नै हुने बताएकी थिइन् । उनले भनिन्, ‘हाम्रो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरूलाई ढोका ओपन नै राख्नु पर्छ ।’
यस्तै, उनले नेकपा एमालेका उपध्याक्ष बामदेव गौतम पदबाट राजीनामा दिएर आउने उल्लेख गरेकी थिइन । उनले भनिन्, ‘बामदेव गौतम कमरेडले त राजीनामा नै दिएर आउने भन्ने कुरा मिडियामा आएको सुनेको छु ।’









अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया