धितोपत्र बोर्डका संचालक ढकालले दिए राजीनामा, अध्यक्षले नदिने

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहेका ढकाल महासंघको प्रतिनिधित्व गर्दै बोर्डको संचालक सदस्य बनेका थिए । उनले बुधबार संचालक समिति सदस्यबाट राजीनामा दिएका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाका अनुसार अब महासंघको तर्फबाट चन्द्र ढकालले बोर्डमा प्रतिनिधित्व गर्ने छैनन् । महासंघमा आन्तरिक छलफल गरेर बोर्डमा एक जना पठाउने तयारी भइरहेको छ ।
यही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बोर्डका सदस्य ढकाल र नेप्सेका सीईओ साउदले सर्वोत्तम सिमेन्टको अप्रत्यक्ष शेयर खरिद गरेकोले अर्थ समितिले कारबाहिको पक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।
यसैबीच बोर्डका अध्यक्ष ढुंगानाले राजीनामा नदिने भएका छन् । उनले सरकारले पदबाट निष्कासन गरे नियम अनुसार अदालत जाने बताएका छन् ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया